काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
खेलको २८औँ मिनेटमा सन्डरल्यान्डका सिमोन अडिङ्गराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरूमै लिड्सका डोमिनिक काल्भर्ट–ल्युइनले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमै टुंगियो ।
यस्तै, गएराति भएको अर्को खेलमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । टोटेनहमका आर्ची ग्रेले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए ।
यसअघि सोमवार आर्सनलले ब्राइटनलाई १–० ले पराजित गर्दा लिभरपुलले उल्भ्समाथि २–१ को जीत हात पारेको थियो । प्रिमियर लिगअन्तर्गत आज राति थप चार खेलहरू हुँदैछन् ।


प्रतिक्रिया