रमेश लेखक बयानका लागि आयोगमा उपस्थित

रमेश लेखक बयानका लागि आयोगमा उपस्थित



काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बयान दिन उपस्थित भएका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए ।

लेखकलाई आयोगले भदौ २३-२४ मा भएका घटना र तत्कालीन सरकारबाट भए गरेका कारबाहीबारे बयानका लागि पत्राचार गरेको थियो ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकमाथि स्थान हदसँगै विदेश जान लगाएको रोक पनि कायमै छ ।

यसअघि तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायतसँग आयोगले बयान लिइसकेको छ ।

भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ गरी छानबिन प्रतिवेदन पेश गर्न गौरिबहादुर कार्कीको नेतृत्वमा सरकारले आयोग गठन गरेको छ ।