काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत डाक्टर तथा गायिका त्रिशला गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको छ ।
पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको पार्टी प्रवक्ता राजु थापाले बताए ।
डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्यामाथि व्यावहारिक र प्रमाणमा आधारित बहस अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ ।


प्रतिक्रिया