काठमाडौं । समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा दलहरूको उपस्थिति बाक्लिएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि फाइल बोकेर निर्वाचन आयोगमा पुगेका छन् ।
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्दसूची बुझाइसकेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका ठूला दलहरू पनि बन्दसूचीलाई अन्तिम रूप दिन लागिपरेका छन् ।


प्रतिक्रिया