काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले साथै प्रदेशबाट बुझाएको समानुपातिकतर्फको सूची अनुमोदन गरेको छ ।
सातवटै प्रदेशले समूहगत छलफलबाट टुंग्याएको सूची कार्यसम्पादन समितिमा पेस गरेको थियो । कार्यसम्पादन समिति बैठकले ती नामहरू अनुमोदन गरेर बैठक साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ । ५ बजेको बैठकले निर्णय गरेपछि मात्र निर्वाचन आयोगमा सूची पेस हुनेछ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । सूची बुझाउनको लागि निर्वाचन आयोगबाट निस्सा लिइसकेको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।


प्रतिक्रिया