काठमाडौं । हिजो उच्च अंकले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ विन्दुमा झरेको छ ।
आज विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ६५ वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज विन नेपाल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ सय ३७ वटा कम्पनीको १ करोड ३७ हजार कित्ता शेयर ४ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया