काठमाडौं । निर्वाचन आयोगमा दश राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् । सोमबार बेलुका ५ बजेसम्म १० राजनीतिक दलले बन्दसूची बुझाएका आयोगले जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।
अझै पनि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निर्वाचन आयोगको कार्यालय पुगेका छैनन् । नेपाली कांग्रेस लगायत दलहरू भने आयोगको कार्यालयमा पुगिसकेका छन् ।
फागुन २१ को निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा दलका प्रतिनिधिहरूको चहलपहल छ ।
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।


प्रतिक्रिया