बालेनलाई हर्ककाे चेतावनी- जहाँबाट चुनाव उठे पनि हराउँछौं

बालेनलाई हर्ककाे चेतावनी- जहाँबाट चुनाव उठे पनि हराउँछौं



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहलाई पराजित गर्ने चेतावनी दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनलाई साम्पाङले जुन ठाउँबाट उम्मेदवारी दिएपनि पराजित गर्ने चेतावनी दिएका हुन् ।

‘बालेनलाई चुनावमा हराउनेछौं । जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं,’ धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले भनेका छन् ।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारी गरेका छन् । हर्कले भने कुन क्षेत्रबाट निर्वाचन लड्ने टुंग्याइसकेका छैनन् ।