काठमाडौं । निर्वाचन आयोगमा जेनजी अगुवा युवाहरुले नाराबाजी गरेका छन् । जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागेका छन् ।
अजय सोडारी लगायतका युवाहरूले निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका हुन् । निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै युवाहरुले ‘निकास अनि निर्वाचन’ भन्दै नाराबाजी गरेका थिए ।
जेनजी हत्याराहरुलाई कारबाहीको माग गर्दै उनीहरुले निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।
आयोग परिसरभित्रै प्रदर्शन गर्दै हुलदंगा गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको छ ।
सरकार र जेनजीबीच २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि सोडारी लगायतका युवाहरू सम्झौता भए लगत्तै च्यातेका थिए । उनीहरूले त्याेबेला पनि कार्यालय परिसरमै हुलदंगा गरेका थिए ।


प्रतिक्रिया