काठमाडौं । नेकपा (एमाले) पनि समानुपातिकको बन्द सूची लिएर निर्वाचन आयोगको कार्यालय पुगेको छ ।
एमाले सोमबार साँझ ढिलो गरी बन्द सूची लिएर कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेको हो । अहिले एमालेको बन्द सूची परीक्षण गर्ने काम जारी छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि समानुपातिकको बन्द सूची बुझाउने प्रक्रिया सुरु गरेको छ । रास्वपाले भर्खर धरौटी रकम बैंक खातामा जम्मा गरेको रसिद पेस गरेको छ ।
आयोगमा साँझ ७ बजेसम्म ५५ दलले समानुपातिकको बन्द सूची बुझाउने प्रक्रिया अगाडि बढाएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिसभा निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन हो ।


प्रतिक्रिया