रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति

रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति



काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगकोमा बुझाएको समानुपातिक तर्फका बन्द सूचिमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् ।

उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको विषयमा आफूहरूसँग सल्लाह नगरिएको भन्दै समानुपातिक सूचीमा आफ्नो नाम राखिएकोमा असहमति जनाएका हुन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्द समानुपातिक उम्मेदवारको सूचीमा आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औँ नम्बर लावतीको नाम रहेको छ ।