रास्वपाका समानुपातिक उमेदवारबाटै बन्दसूचीको विरोध

रास्वपाका समानुपातिक उमेदवारबाटै बन्दसूचीको विरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा परेका उमेदवारले विधिविपरीत लिस्ट राखिएकोमा आपत्ति जनाएका छन् ।

समानुपातिक बन्दसूचीको दलिततर्फ तेस्रो नम्बरमा परेका रामजी रामले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, “लोकतन्त्रमा अर्थ रहन्छ त मतदाताको मतको । अहिले रास्वपाले आन्तरिक प्राइमरी इलेक्सन गराई अग्रस्थान हासिल गरेका व्यक्तिहरू मतअनुसारको स्थान नभई तलमाथि परेको देखियो भने दलितबाट सर्वाधिक मत ल्याउनुभएका विजय जैरुजीको नाम समानुपातिक लिस्ट मै देखिएन । प्राइमरी इलेक्सनलाई छनोटको आधार मानिएको हो, होइन जवाफ चाहियो !”

“रास्वपामा विधि र सुशासनले अर्थ राख्छ भने विजय जैरुजीलाई ससम्मान उचित स्थानमा राखाैँ । मेरो नाम त्यहाँ हुनु र वहाँको नाम लिस्टमै नहुनुले मलाई लज्जाबोध भयो ।”