पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट ११ जनालाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएको छ ।
निर्वाचन आयोगमा पेस भएको नामावली अनुसार राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल सहित ११ जनाको नाम रहेको छ । संज्ञाको घर कास्की हो । कास्कीबाट उनीसहित आइबहादुर गुरुङ पनि अटाएका छन् ।
यस्तै, गोरखाका जगत बराम, मुस्ताङका रोमी गौचनलाई पनि समानुपातिक सूचीमा राखिएको छ । नवलपुरकी सीतादेवी सापकोटा, स्याङजाकी माया राना, तनहुँकी इन्दिरा खनाल र पर्वतकी सिर्जना मल्ल उम्मेदवार बनेका छन् । आगामी चुनावमा बागलुङबाट ३ जना समेटिएका छन् ।
रेणुका काउचा, शकुन्तला शर्मा र पार्वती आचार्य बागलुङका हुन् ।


प्रतिक्रिया