कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुकिङ

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुकिङ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएका छन् । पुस २७ र २८ लाई भृकुटीमण्डपको हल बुकिङ गरिएको केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् ।

नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको उनले बताइन् ।

केन्द्रीय समितिले ल्याएको १५ औं महाधिवेशन कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन गरिने भने पनि नभएकोले अब विशेष महाधिवेशन गर्न लागिएको र त्यसका लागि हल बुकिङ गरिएको गौतमले जानकारी दिइन् ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी विधान अनुसार नै महामन्त्रीद्वय अघि बढेका हुन् ।

सभापति देउवा पक्षले भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छ ।