काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोग अध्यक्ष गौरीबहादुर कार्कीले जेन–जी आन्दोलनसम्बन्धी विषयमा ओलीलाई बयानका लागि पत्र पठाइने जानकारी दिए ।
‘ओलीलाई बयानका लागि बोलाउने प्रक्रियामा छौँ । पत्र काट्ने तयारी हुँदै छ’, कार्कीले भने । ओली बयानका लागि उपस्थित नभए के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले भने, ‘आउनुभएन भने त्यसबेला जे गर्नुपर्छ, त्यही गरिन्छ । अहिले हामी उहाँलाई पत्र काट्दै छौँ ।’
आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बयान लिइसकेको छ ।


प्रतिक्रिया