शेयर बजार १२.८३ अंकले घट्याे

शेयर बजार १२.८३ अंकले घट्याे



काठमाडौं । हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८३ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ९२ विन्दुमा झरेको छ ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १ सय ८९ वटा कम्पनीको शेयर घटेकोमा ६३ वटाको बढेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ सय ३६ वटा कम्पनीका १ करोड १ लाख कित्ता शेयर ४ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ ।