गोरखा–२ मा एमालेबाट चक्रे मिलन उम्मेदवार सिफारिस

गोरखा–२ मा एमालेबाट चक्रे मिलन उम्मेदवार सिफारिस



काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा चक्रे मिलन भनेर चिनिएका मिलन गुरुङको नाम सिफारिस गरेको छ ।

गोरखा निर्वाचन क्षेत्रीय कमिटीले शुक्रबार गुरुङको नाम सिफारिस गरेको युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीले जानकारी दिए ।

अधिकारीले युवाहरूको मागअनुसार गुरुङको नाम सिफारिस गरिएको भन्दै निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्नेहरूलाई गोरखामा स्वागत गरिने बताए ।

डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र मानिने उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए ।