काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी वैशाखमा (२०८३ को वैशाख) पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । उनले २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
खड्काको प्रस्तावमा आगामी चैत २१ गते गाउँ/नगर वडा अधिवेशन गर्ने कार्यतालिका रखिएको छ । त्यस्तै गाउँ/नगरपालिका अधिवेशन चैत २५ गते तथा प्रदेशसभा अधिवेशन चैत २८ गते गर्ने भनिएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्री अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख ५ गते गर्ने भनिएको छ ।
सो प्रस्तावमा २०८३ वैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने भनिएको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।
महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गरेर नियमित महाधिवेशन स्थगन भएको र विशेष महाधिवेशनमा होमिनुपर्ने बताएका छन् ।



प्रतिक्रिया