काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित सबै कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले देउवा नेतृत्वको मौजुदा कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म तन्काउन प्रस्ताव गरेको हो ।
मंसिर १५ को केन्द्रीय समितिले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।
बैठकमा महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।
कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६-२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो । तर उक्त निर्णयसहितको तालिका सबै प्रभावित भइसकेको छ ।


प्रतिक्रिया