काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।
शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हाे ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । दलहरूले विभिन्न क्षेत्रबाट आफ्ना उम्मेदवारहरूको नाम सिफारिस गरिरहेको छ ।
ओली ०७९ र ०७४को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया