नवलपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) नवलपुर क्षेत्र नम्बर २ ले तिलक महतको नाम एकल सिफारिस गरेको छ । केन्द्रीय सदस्य एवं नवलपुर इन्चार्ज महतको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो ।
महत २०७४ को निर्वाचनमा नवलपुर–२ बाटै निर्वाचित भएका थिए भने २०७९ मा कांग्रेसका उम्मेदवार विष्णु कार्कीसँग पराजित भए ।
नवलपुर– १ बाट भने ८ जनाको नाम सिफारिस भएको छ । नेताहरू हरि न्यौपाने, सागर न्यौपाने, रवीन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा, गोपेन्द्रकेशरी न्यौपाने र तिलोत्तम पौडेलको नाम सिफारिस गरेको हो ।
हरि देवचुली नगरपालिकाका मेयर हुन् भने सागर उनका स्वकीय सचिव । यो क्षेत्र कांग्रेसको पकड भएको क्षेत्र हो । डा. शशाङ्क कोइराला यही क्षेत्रबाट लगातार ३ पटक निर्वाचित भएका थिए । आगामी निर्वाचनमा रास्वपाले यो क्षेत्रलाई ग्रिन जोन मानेको छ ।


प्रतिक्रिया