काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् ।
सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।
विशेष महाधिवेशन गर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन हुन नसक्ने संस्थापनको अडानले पार्टीभित्र विवाद कायमै छ ।


प्रतिक्रिया