रास्वपाले बनायो विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्य

रास्वपाले बनायो विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्य



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले ७ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ ।

विवेकशील साझाबाट समायोजनमा आएका समीक्षा बास्कोटासहित ७ जना नेताहरूलाई रास्वपाले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो ।

पार्टी समायोजन पश्चात् विवेकशील साझाबाट आएका अध्यक्ष बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, कार्यालय प्रमुख नवराज थापा, प्रवक्ता आशुतोष प्रधान, सुरज प्रधान, धनेज थापा केन्द्रीय सदस्य बनेका हुन् ।

प्रवक्ता मनिष झाका अनुसार ७ जना केन्द्रीय सदस्य थप गरिएको छ। अब रास्वपा केन्द्रीय समिति ६५ सदस्यीय पुगेको छ ।