जाँचबुझ आयोगले लियो गुण्डु पुगेर केपी ओलीको लिखित बयान

जाँचबुझ आयोगले लियो गुण्डु पुगेर केपी ओलीको लिखित बयान



काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ । जाँचबुझ आयोगले ओलीको निवास गुण्डुमै पुगेर लिखित बयान लिएकाे हाे ।

आइतबार आयोगले उनको स्टेटमेन्ट लिएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । ‘आज हामीले उहाँको स्टेटमेन्ट लिएका छौं,’ उनले भने ।

आयोगको टोलीले उनलाई पत्र काटेको थियो । पत्र बुझ्नासाथ उनले आफ्नो भनाई राख्न तयार भएपछि आयोगको टोली लिखित बयान लिएर फर्किएको हो ।

ओलीले मौखिक रुपमा नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेकाे बताइएकाे छ ।

आयोगबाट बयानमा गएका व्यक्ति, त्यसक्रममा सोधिएको प्रश्न र जवाफबारे विस्तृत रुपमा बताइएकाे छैन् ।