कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि कार्यसम्पादन समितिको शुक्रवारको बैठकले पार्टीको १५औँ महाधिवेशन आउँदाे वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयमा गएको असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा रहेको छ । अहिले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गर्न छलफल चलाइरहेका छन् ।