म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल १–१ को बराबरीमा

म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल १–१ को बराबरीमा



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल १–१ को बराबरीमा सकिएको छ ।

एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिगमा उपाधि जित्ने दौडमा रहेको म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोक्न सफल भएको हो । गएराति भएको खेलमा पहिलो हाफको अन्त्यतिर म्यानचेस्टर सिटीका टिज्जानी राइनडर्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर खेल सकिनै लाग्दा चेल्सीले आक्रामक दबाब बढायो । यस्तै गएराति नै भएका अन्य खेलहरूमा न्यूक्यासलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको छ भने ब्रेन्टफोर्डले एभर्टनलाई ४–२ गोल अन्तरले हरायो ।

यस्तै टोटनहम र सन्डरल्यान्डबीचको खेल १–१ को बराबरीमा सकिँदा फुलहम र लिभरपुलबीचको खेल २–२ को बराबरीमा रोकियो । इंग्लिस प्रिमियर लिगमा ४८ अंकसहित आर्सनल तालिकाको शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।