काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा निर्वाचनबारे कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको बताएका छन् । राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका सिटौलाले पत्रकार सम्मेलन गरेर आजको कार्यसम्पादन समिति बैठकले टुंगो लगाउने बताए ।
उनले भने, ‘कुन कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । आजको कार्यसम्पादन समितिमा छलफल हुन्छ । एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा भएको हो । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग साझा सहकार्य गर्न उपयुक्त हुन्छ । सबै दलहरूबीच तालमेल हुनु उपयुक्त हुन्छ भन्ने हो ।’
प्रतिनिधिसभामा निर्वाचनमा एक्लै चुनाव लड्नुपर्छ भन्ने पार्टीको बटमलाइन रहेको बताए । आम निर्वाचन प्रत्यक्ष जनतामा जाने कुरा भएकोले एक्लै आफ्नो विचार कार्यक्रम लिएर जानुपर्ने बताए ।


प्रतिक्रिया