काठमाडौंं । नेकपा (एमाले)को सचिवालय बैठक आह्वान गरिएको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक राखिएको एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।
आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
आउँदो माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल अघि बढाएका छन् ।


प्रतिक्रिया