गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट एकल सिफारिस

गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट एकल सिफारिस



काठमाडौं । नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको छ ।

दुईवटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भइसकेको छ । २ नम्बर क्षेत्रमा उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाममा छलफल भएपनि क्षेत्रीय संयोजक रितबहादुर थापाले विष्टको नाम एकल सिफारिस गरिएको बताए ।