काठमाडौं । नेपाली कांग्रेसले वैशाखमा महाधिवेशन गर्ने नयाँ कार्यतालिकासहित तल्ला निकायमा परिपत्र गरेको छ ।
विशेष महासिधवेशनेका प्रस्ताव निष्क्रिय भएको र नियमित महाधिवेशन वैशाखमा हुने कार्यतालिकासहित कांग्रेसले परिपत्र गरेको हो । कांग्रेसले गरेको परिपत्रमा फागुन २१ गतेको चुनाव सफल बनाई पार्टीका पक्षमा बहुमत ल्याउनका लागि हरेक क्षेत्रबाट क्रियाशीलता देखाउन अपिल गरेको छ ।
कांग्रेसको हालै बसेको बैठकले वैशाखमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याएको थियो ।
तर बहुमतले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएपनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने यही महिनाभित्र विशेष महाधिवेशन गर्ने अडान लिइरहेका छन् ।






प्रतिक्रिया