काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् । उनी कांग्रेसकी केन्द्रीय सदस्य र पूर्वपरराष्ट्रमन्त्री पनि हुन् ।
डा.राणा सोमबार दिउँसो २ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।
उनी भारतमा फलोअप उपचारका लागि गएको स्रोत बताउँछ । फलोअप उपचारका लागि भनिए पनि दिल्लीमा रहँदा उनले सुरक्षा अधिकारी र राजनीति नेतृत्वसँग भेटवार्ता गर्ने प्रयास गर्ने कांग्रेस नेताहरू बताउँछन् ।
यसअघि आइतबार साँझ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत पुगेका छन् ।


प्रतिक्रिया