वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना नियन्त्रण

वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना नियन्त्रण



वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको विभिन्न ठाउँबाट निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गर्ने दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका २६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्जको अवस्था उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनको आदेश जारी भए पनि त्यसलाई तोड्दै हिन्दुवादी संगठनहरूले महानगरको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।