बङ्गलादेशले आईपीएलको प्रसारणमा प्रतिबन्ध लगायो

बङ्गलादेशले आईपीएलको प्रसारणमा प्रतिबन्ध लगायो



काठमाडौं । बङ्गलादेशले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्रसारणमा प्रतिबन्ध लगाएको छ । बङ्गलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना नआएसम्म आईपीएलको प्रसारण निलम्बन गर्न आदेश दिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आदेशमा कोलकाता नाइट राइडर्सले बङ्गलादेशका क्रिकेटर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि मन्त्रालयले यो निर्णय गरेको हो ।

यसअघि युवा तथा खेलकुद मामिला सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुरलाई टोलीमा समावेश नगरिएकोमा विरोध जनाएका थिए र आउँदो आईपीएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक उपायहरू अपनाउन सूचना तथा प्रसारण सल्लाहकारलाई अनुरोध गरेका थिए ।

उनले बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई आउँदो टी–२० क्रिकेट विश्वकपमा बङ्गलादेशका खेलहरू भारतको सट्टा श्रीलङ्कामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेख्न निर्देशन दिएका छन् ।

बङ्गलादेश क्रिकेट बोर्डले सन् २०२६ को टी–२० विश्वकप खेल्न आफ्नो टोली भारत नजाने निर्णय गरेको छ ।