काठमाडौं । मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको जनाएका छन् । सोमबार फेसबुकमार्फत लिम्बूले उक्त जानकारी दिएका हुन् ।
आफूले पार्टी नेतृत्वसँगको सल्लाहमा समानुपातिकतर्फ उमेदवारी दिएको उनको भनाइ छ । तर, पछिल्लो समय एकताको प्रक्रियाबाट आएकाहरूलाई व्यवस्थापन गर्न नेतृत्वलाई सघाउ पुगोस् भनेर आफूले नाम फिर्ता लिएको उनको भनाइ छ ।
“यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय हो,” लिम्बूले फेसबुकमा लेखेका छन् ।


प्रतिक्रिया