काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो आज लगाउने भएको छ । यसका लागि आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ ।
बिहान ११ बजे बस्ने बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको बताएका छन् ।


प्रतिक्रिया