एमालेले बनायाे बादललाई चुनावी कमाण्डर

एमालेले बनायाे बादललाई चुनावी कमाण्डर



काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमाण्डर तोकेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो सचिवालय बैठकले बादललाई समग्र निर्वाचन परिचालनको जिम्मेवारी दिने गरी निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो ।

उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार उक्त निर्वाचन परिचालन कमिटीको सचिल विष्णुप्रसाद रिमाल सचिव रहेका छन् ।

छविलाल विश्वकर्मा, राजन भट्टराई, हिम्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी निर्वाचन परिचालन कमिटीको सदस्य रहेका छन् ।