केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाओस् : शेखर कोइराला

केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाओस् : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्नान गर्नुपर्ने बताएका छन् । आज आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरूको समूहसँग छलफलमा कोइरालाले यस्तो बताएका हुन् ।

उनले अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार टुङ्ग्याउनुपर्ने भएकोले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर ६ माघपछि बोलाउँदा उचित हुने बताए ।

भेटघाटमा कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाँक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए ।