शेयर बजार लगातार दाेस्राे दिन बढ्याे

शेयर बजार लगातार दाेस्राे दिन बढ्याे



काठमाडौं । शेयर बजार लगातार दाेस्राे दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९३ अङ्कले बढेर २ हजार ६ सय ४९ दशमलव ३० विन्दुमा झरेको छ ।

आज होटल र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ । आज १ सय ४८ वटा कम्पनीको शेयर बढेकोमा १ सय ३ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज जीवन विकास लघुवित्त कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रुरु जलविद्युत् परियोजना कम्पनीको शेयर भने सबैभन्दा धेरै ८ दशमलव ४१ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।