काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले केही विषय मिलाउन बाँकी रहेकाले बैठक फेरि बस्ने गरी स्थगित भएको जानकारी दिए । उनले बैठक आजै केही समयपछि फेरि बस्ने पनि बताए ।
यसअघि सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।


प्रतिक्रिया