काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भइसकेको छ । अब क्लस्टर मिलाउन बाँकी छ ।
आज बसेको बैठकले उम्मेदवार टुंगो लगाउन नसकेपछि अहिले नेताहरू आन्तरिक छलफलमा छन् । कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरी बोलाइएको छ ।
आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले दलहरूसँग भएका कुराकानीबारे जानकारी गराएका थिए ।
त्यसैगरी बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया