काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ ।
पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय कमिटीको संरचना निर्माण गरेर केन्द्रीय कमिटी घोषणा गर्ने बताए ।
नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी पार्टीहरू मिलेर नेकपा गठन भएको दुई महिना बित्दासमेत केन्द्रीय कमिटी घोषणा हुन सकेको छैन । नेकपाले ६०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ ।


प्रतिक्रिया