काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा तीन वटा विकासे मन्त्रालयको जिम्मा लिएका कुलमान घिसिङले आफू कुनै राजनीतिक दलको सदस्य नरहेकाे बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक दलको गतिविधिमा सहभागी भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाउँदै कुलमान घिसिङ सहित मन्त्रीहरू जगदीश खरेल र बब्लु गुप्तालाई मार्ग प्रशस्त गर्न भनेकी थिइन् ।
आज इन्जिनियरहरूको एक कार्यक्रममा ऊर्जा मन्त्री समेत रहेका घिसिङलाई नागरिक सरकारको मन्त्री कि रास्वपाको मन्त्री भनेर सोधिएको प्रश्नमा उनले ‘म आजसम्म कुनै राजनीतिक दलको सदस्य होइन’ भन्ने जवाफ दिएका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरियताको नेता हुन् । उनको संरक्षकत्वमा खुलेको उज्यालो पार्टी नेपालले रास्वपासँग एकता गर्दा उनी रास्वपाका पहिलो वरीयताका उपसभापति हुने सहमति भएको थियो ।


प्रतिक्रिया