भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र मडूरोको अपहरण अन्तर्राष्ट्रिय कानूनको विपरीत : एमाले

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र मडूरोको अपहरण अन्तर्राष्ट्रिय कानूनको विपरीत : एमाले



काठमाडौं । नेकपा एमालेले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र राष्ट्रपति निकोलस मडूरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत हस्तक्षेप भनेको छ ।

केन्द्रीय सचिवालयको बैठकले भेनेजुएलामाथिको हमलाको निन्दा गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

एमालेले निर्णयमा भएको छ, ‘साना वा ठूला राष्ट्रको सुरक्षा तथा सार्वभौमसत्ता बराबरी हुन्छ र विश्व राष्ट्रसंघको बडापत्रका आधारमा चल्नुपर्छ । भेनेजुएलामाथि भएको व्यवहार न्यायिक दृष्टिले कदापि स्वीकार्य हुन सक्दैन । त्यसैले हामी अन्तर्राष्ट्रिय शक्तिहरूलाई विश्व व्यवस्थातर्फ फर्किन आह्वान गर्दछौँ ।’

एमालेले सबै राष्ट्रको सार्वभौमिकता,स्वतन्त्रता र अखण्डताको सम्मान गर्न समेत आग्रह गरेको छ ।