निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन : प्रचण्ड

निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन : प्रचण्ड



काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुनैपनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् ।

उनले पार्टी कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गरे ।