हेटौँडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट डा.प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा.दंगालले मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डा.दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन् । उनले विनु रायमाझी प्रस्तावक र हिदम लामा समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।


प्रतिक्रिया