राष्ट्रियसभा चुनाव : महन्थ ठाकुरले दर्ता गराए उमेदवारी

राष्ट्रियसभा चुनाव : महन्थ ठाकुरले दर्ता गराए उमेदवारी



काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर ठाकुरले उमेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा लोसपाका मधेस प्रदेशसभा सदस्य जयनुल राईन र समर्थकमा लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी छन् ।

जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ । मधेस प्रदेशमा चारवटा सिटको लागि उमेदवारी दर्ता हुँदै छ । दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदै छ ।