कांग्रेस महामन्त्रीद्वय गगन–विश्वले बोलाए विशेष महाधिवेशन

कांग्रेस महामन्त्रीद्वय गगन–विश्वले बोलाए विशेष महाधिवेशन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका छन् । भदौ २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेगरी बोलाइएको हो ।

महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले नगरेकाे बताएका छन् ।

विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान नगरेको उनीहरुकाे दाबी छ

त्यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन नसक्ने जिकिर दुई महामन्त्रीको छ ।

“महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पनि पटक–पटक राखेका छौँ । बहुमत महाधिवेशन प्रतिनिधिद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यवद्धता रहेको छ,” थापा र शर्माले भनेका छन् ।

त्यसैले पुस २७ र २८ गते तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको बताएका छन् ।