काठमाडौं । इंग्ल्यान्डसँगको पाँच खेलको एशेज टेस्ट शृंखला घरेलु टोली अस्ट्रेलियाले ४–१ ले जितेको छ ।
शृंखलाको पाँचौँ तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ५ विकेटले हरायो । इंग्ल्यान्डले दिएको १ सय ६० रनको लक्ष्य अस्ट्रेलियाले पाँचौँ दिनको खाना समयपछि ५ विकेट गुमाएर भेटायो । दोस्रो पारीमा इंग्ल्यान्डले ३ सय ४२ रन बनाएको थियो ।
यसअघि सिड्नीमा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा ३ सय ८४ रन बनाएको थियो । यस्तै अस्ट्रेलियाले पहिलो पारीमा ५ सय ६७ रन बनाएको थियो । अस्ट्रेलियाले पहिलो र दोस्रो टेस्ट समान ८ विकेट तथा तेस्रो टेस्ट ८२ रनले जितेको थियो ।
यस्तै इंग्ल्यान्डले चौथो टेस्ट ४ विकेटले जितेको थियो । यो जीतसँगै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनशिप २०२५–२७ को अङ्क तालिकामा शीर्ष स्थानमा अझ मजबुत भएको छ ।


प्रतिक्रिया