काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिका निम्ति काठमाडौंका होटेलमा १५ सय ‘रुम बुक’ गरेको छ ।
ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरू बुक गरिएको विशेष महाधिवेशन प्रतिनिधिका निम्ति आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।
‘२६ गतेदेखि कोठाहरू प्रयोगमा ल्याउने गरी हामीले बुक गरिसकेका छौँ । आ–आफ्नो निर्वाचन क्षेत्रका तर्फबाट संयोजन गर्ने गरी होटेलका रुमहरूमा बस्ने व्यवस्थापन मिलाइएको छ,’ संयोजक धमलाले भने, ‘महिला, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई विशेष व्यवस्था गरिएको छ ।’
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गरिने भन्दै प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर गरेको छ ।


प्रतिक्रिया