काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीले प्रधानमन्त्री कार्कीलाई बालुवाटार पुगेर भेट गरेका हुन् ।
चुनाव केन्द्रित तीन घण्टाभन्दा धेरै प्रधानमन्त्री कार्की र ओलीबीच छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । प्रधानमन्त्री र ओलीबीच एक्ला एक्लै बसेर कुराकानी भएको हाे ।
प्रधानमन्त्री कार्कीले सरकारले तोकिएकै समयमा निर्वाचन गराउने भन्दै सहयोगका लागि आग्रह गरेकी थिइन् । प्रधानमन्त्रीको कुरा सुनेपछि ओलीले एमाले चुनावमा भाग लिने बताएका थिए ।
ओलीको भनाइ उद्धृत गर्दै रावलले भने, ‘एमाले चुनावमा भाग लिन्छ, ध्वंस गर्ने पार्टी होइन । तर सरकारले त्यसको वातावरण बनाउनुपर्छ ।’


प्रतिक्रिया